AArya
RUMPUM
animated ellipse animated ellipse

बाढी, पहिरो र डुवानको कारणले समस्यामा परेकालाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश १ का सांसदको माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ असार २०७७, आईतवार २०:५३
3
Shares
विराटनगर/ केहि दिनदेखिको अविरल बर्षाका कारण आएको बाढी, पहिरोले समस्यामा परेका बासिन्दाहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश १ का सांसदहरूले माग गरेका छन् ।

आजको प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै सांसद कुलप्रसाद साम्बाले अघिल्लो वर्ष प्रदेश सरकारले गफ मात्रै गरेको काम नगरेको गुनासो गरे । साम्बाले गत वर्षकै नियति नदोहो¥याइ बाढी पहिरो र डुवानबाट क्षतिपुगेको स्थानमा , क्षतिपूर्ति दिन, उद्धार गर्न र राहत वितरण गर्न प्रदेश सरकारको ध्यानाकर्षण समेत गराए ।

प्रदेश १ कांग्रेस प्रमुख सचेतकमा कार्कीले प्रदेशमा २ वटा विपद् व्यवस्थापन समिति भएपनि ती समितिहरूले गरेको कामको जानकारी नभएको बताए । शुन्य समयमा सांसदहरू उपेन्द्र घिमिरे, सुयर्माराज राई, बसन्तीदेवी यादवलगायतले बाढी, पहिरो र डुवानबाट पीडित भएकाहरूलाई उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्थागर्न माग गरे ।

सांसदहरूले उठाएका विषयलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले अविरल बर्षाका कारण प्रदेशमा भएको क्षतिबारे संसदलाई जानकारी गराए । मन्त्री कार्कीले प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय , सुरक्षानिकाय र स्थानिय तहलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको बताए । उनले प्रदेश १ को झापा, मोरङ, इलाम, संखुवासभा, सुनसरी, उदयपुरलगायतका जिल्लामा बाढी पहिरोले क्षति पु¥याएको जानकारी दिए । संंखुवासभाको सिलिचोङ् गाउँपालिका– १ स्थित वेसिन्दामा गएको पहिरोले मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले क्षतिपूर्तिको व्यवस्था गर्ने मन्त्री कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर