विराटनगर / कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारीता पुरस्कार–२०८० बाट राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा आज पुरस्कृत भएका छन् ।
पिताम्वर– खिलेश्वरी स्मृति प्रतिष्ठान विराटनगर र नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आज संयुक्त्त रुपमा आयोजित कार्यक्रममा महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका झालाई नगद २५ हजार सहित प्रमाणपत्रद्वारा सम्मानित गरिएको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले पुरस्कार वितरण गर्दै पत्रकारिताको जग भनेको सत्यतथ्यका आधारित भएर पस्किने समाचार भएको बताए । उनले मुलुक , समाजलाई योगदान पु¥याउन सत्य र तथ्यका आधारमा समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
प्रदेश प्रमुख खापुङ्गले सञ्चारजगत र हामीसबैले समाजमा जातिय , धार्मिक सद्भाव कायम राख्न आफ्नो क्षेत्रबाट भूमिका खेल्नु पर्छ भन्दै हिमाल, तराई र पहाडका जातजातिका भाषा, भेष, लिपीको संरक्षण गरी मुलुकमा शान्ति र एकता कायम गर्न आजका पिढि लाग्नु पर्ने आवश्यक्त्ता भएको बताए ।
पुरस्कृत व्यक्तित्व अध्यक्ष झाले नयाँ प्रविधि र अवधारणा लगायत अन्य विषयले नेपालको पत्रकारिता क्षेत्र विकास हुनुपर्नेमा समस्या ग्रस्त हुदै गएको बताए । उनले समस्याग्रस्त पत्रकारितालाई सदुढ गर्न समाजले नेतृत्व गर्नुपर्नेमा जोड दिदै यसबाट समाज सुसुचित हुनुका साथै सुदृढ समेत हुने बताए ।
अध्यक्ष झाले पत्रकारिता क्षेत्रको विकास एवं परिचालनमा राज्यले लगानी गरी दायित्व वेहोर्नु पर्नेमा जोड दिए । उनले सहभागितामुलुक लोकतत्रमा पत्रकारिताको भूमिका हुनुपर्छ भन्दै लोकतन्त्रलाई सहभागिता मुलुक बनाउन र जनताको जीवनस्तरसंग जोड्ने सन्दर्भमा पत्रकारिताको नयाँ आयातका वारेमा अहिले सोच्नु पर्ने बेला भएको विचार व्यक्त्त गरे ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले सञ्चारकर्मीले समाजमा रहेका विकृति, विसंगति र पछौटेपन हटाउन समाचारको माध्यमबाट भूमिका खेल्नु पर्ने बताए ।
महासङ्घ मोरङका उपाध्यक्ष मोहन भट्टराई, सचिव नेत्र पि अधिकारी, कविराज न्यौपाने, अनन्तराज न्यौपाने , प्रशान्त निरौलाले सञ्चारकर्मीको समाजप्रति महत्वपूर्ण जिम्मेवारी रहेको धारणा राखे ।
सोही अवसरमा प्रदेश प्रमुख खापुङ्गले ६० वर्ष उमेर नाघेका पत्रकारद्वय दिनेश श्रेष्ठ र दुर्गाप्रसाद भट्टराईलाई सम्मान गरे ।
तपाईको प्रतिक्रिया