AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राईजिङ र सरस्वती अन्तिम चारमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ फाल्गुन २०८१, आईतवार १७:२३
81
Shares
विराटनगर / राईजिङ स्कुल र सरस्वती स्कुल जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा विजयी हुँदै अन्तिम चारमा प्रवेश भएको छ ।

पहिलो खेलमा राईजिङ स्कुलले विकेभिएम स्कुललाई ५ रनले पराजित गरि अन्तिम चारमा प्रवेश हो । टस जितेर ब्याटिङ गरेको राईजिङले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १९ रन बनाएको थियो । राइजिङका लागि प्लेयर अफ म्याच रेहान शेखले सर्वाधिक ३४ रनको योगदान दिए । विकेभिएमका जितेन्द्र यादवले २ विकेट लिए ।

१ सय २० रनको लक्ष्य पछ्याएको विकेभिएमले निर्धारित ओभर खेल्दै ८ विकेट गुमाई १ सय १४ मात्र बनायो । विकेभिएमका निखिल महतोले सर्वाधिक २० रनको योगदान दिए । राईजिङका रेहान शेखले २ विकेट लिए ।

दोस्रो खेलमा सरस्वती स्कुलले ग्रिनपिस स्कुललाई १ विकेटले पराजित गरि अन्तिम चारमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको ग्रिनपिसले निर्धारित २० ओभरको १९ ओभरमा सवै विकेट गुमाई ९० रन बनाएको थियो । ग्रिनपिसलागि मुर्सिद मन्सुरीले सर्वाधिक २६ रनको योगदान दिए । सरस्वतीका प्रसान्त यादवले २ विकेट लिए ।

९१ रनको लक्ष्य पछ्याएको सरस्वतीले १८ दशमलव २ बलमा ९ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । सरस्वतीका प्लेयर अफ म्याच विकाश कामतले सर्वाधिक ३५ रनको योगदान दिए । ग्रिनपिसका मुर्सिद आलमले–३ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर