नेकपा विराटनगर ८ द्धारा मास्क वितरण

खबर पूर्वाञ्चल, १० जेष्ठ २०७७, शनिबार २१:०२

विराटनगर / नेकपा विराटनगर ८ ले आज १० स्थानमा मास्क वितरण गरेको छ ।

लुथरन विश्व फेडेरेसन (एलडब्ल्युएफ)को सहयोगमा विराटनगरका हरिहर चोक, अशोक चोक, अमर टोल, बालुवाही, राजवंसी टोल, विश्वकर्मा चोक, सुकुम्वासी टोल, वालगोपाल टोल, हाटखोला बसपार्क र कटहरी १ को झहोरामा गरेर १ हजार थान मास्क स्थानीय व्यक्तिहरु मार्फत वितरण गरिएको नेकपा विराटनगर ८ का वडा कमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिए ।

मुस्लिमहरुकोे पर्व ईदुल फित्रको अवसरमा मास्क वितरण गरिएको उनले बताए । अध्यक्ष पोखरेलले मस्जिद जाँदा अनिवार्य मास्क लगाएर जानका लागि अनुरोध समेत गरे ।
लुथरन विश्व फेडेरेसनका जोसेफ सोरेनले आगामी दिनमा स्वास्थ्य सामाग्री वितरणमा सहयोग गर्दै जाने अध्यक्ष पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५