AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराट टिचिङका स्वास्थ्यकर्मी आन्दोलित, स्वास्थ्य सेवा प्रभावित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ कार्तिक २०८२, शनिबार १८:१०
153
Shares
विराटनगर / सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू गर्नुपर्ने माग राख्दै विराट टिचिङ हस्पिटलका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् ।

स्वास्थ्यकर्मीहरुले आज विहानदेखि आन्दोलन सुरु गरेपछि अस्पतालको स्वास्थ्य सेवा प्रभावित बनेको छ ।

आक्रोशित स्वास्थ्यकर्मीहरूले दिनभरी नाराबाजी गर्दै विरोध जनाए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत मंसिरमा नै निजी स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा प्यारामेडिक्सलाई सरकारी पाँचौं तहसरह पारिश्रमिक दिन निर्देशन दिए पनि त्यसको पूर्ण बेवास्ता भएपछि स्वास्थ्यकर्मीहरू काम छाडेर सडकमा उत्रिन बाध्य भएका हुन् ।

काठमाडौं र पोखरा लगायतका प्रमुख शहरहरूमा केही समयअघिदेखि नै सुरु भएको यो आन्दोलनको लहर अव विराटनगर आइपुगेको छ । विराट टिचिङ हस्पिटलमा सुरु भएको यो आन्दोलनले प्रदेशका अन्य निजी अस्पतालहरूमा समेत फैलिन सुरु भएको छ । किनकि अधिकांश निजी अस्पतालहरूले सरकारी निर्देशनको अटेरी गर्दै आएका छन् ।

आन्दोलनको अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी धिरज ठाकुरका अनुसार उनीहरूको माग कुनै अस्वाभाविक नभई सरकारले नै तोकिदिएको न्यूनतम मापदण्ड भएको बताए । ‘सरकारी सेवामा पाँचौं तहको कर्मचारीले मासिक ३४ हजार ७३० रुपैयाँ तलब पाउँछन् । तर, हामी जो रातदिन बिरामीको सेवामा खटिन्छौं, हाम्रो आधारभूत तलब १२ हजार १७० रुपैयाँ मात्रै छ,’ उनले आक्रोश पोखे, “यो सरासर श्रम शोषण हो । विभिन्न भत्ता जोडेर २४ हजार पु¥याएको देखाइए पनि त्यो सरकारी मापदण्डभन्दा धेरै तल छ ।’

स्वास्थ्यकर्मीहरूले पारिश्रमिकसँगै ६ घण्टाभन्दा बढी काम गरेबापत अतिरिक्त भुक्तानी, चाडपर्व भत्ता, करार सम्झौताको सुनिश्चितता र सक्कली शैक्षिक प्रमाणपत्रहरू संस्थाले राख्न नपाउने जस्ता मन्त्रालयको निर्देशनमा उल्लेखित अन्य बुँदाहरू पनि पूर्ण कार्यान्वयन हुनुपर्ने माग राखेका छन् । “जबसम्म हाम्रा यी सबै मागहरू पूरा हुँदैनन्, हामी पछि हट्ने छैनौं,’ उनले भने ।

स्वास्थ्यकर्मीहरुको आन्दोलनले शनिबारदेखि अस्पतालले नयाँ बिरामी भर्ना लिन पूर्ण रूपमा बन्द गरेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० डेनिस कार्कीले स्वास्थ्यकर्मीहरू नै काममा नभएपछि सेवा दिन असम्भव भएको भन्दै नयाँ आउने विरामीलाई भर्ना लिन छोडेको बताए ।

सामान्य वार्डमा उपचाररत बिरामीहरूलाई समेत अन्यत्र जान भन्दै रेफर गर्न थालिएको छ । आकस्मिक उपचारका लागि अस्पतालको गेटसम्म आइपुगेका बिरामीहरू निराश हुँदै फर्कन बाध्य छन् । आईसीयू र एनआईसीयू जस्ता अति संवेदनशील कक्षमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका बिरामीहरूको अवस्था आन्दोलनले थप नाजुक हुने अवस्था सृजना भएको छ ।

अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की स्वास्थ्यकर्मीको मागप्रति सहानुभूति राख्ने तर आन्दोलनको तरिका गलत भएको तर्क गर्छन् । “म आफैं पनि स्वास्थ्यकर्मीहरूको तलब ४० हजारभन्दा माथि हुनुपर्छ भन्ने पक्षमा छु । तर, बिरामीको जीवनलाई जोखिममा पारेर आईसीयू जस्तो ठाउँ छाडेर आन्दोलन गर्नु कर्तव्यबाट विमुख हुनु हो,’ उनले भने, ‘हामी राज्यभन्दा ठूला होइनौं । राज्यले कानुन बनाएर लागू गरिदिए हामी पालना गर्न तयार छौं । अहिलेसम्म हामीलाई कुनै आधिकारिक पत्र आएको छैन,’ उनले भने । मन्त्रालयले महिनौंअघि देशभरका निजी अस्पताललाई परिपत्र गरिसकेको अवस्थामा आधिकारिक पत्र आएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर