तमोर नदिले बगाएर ३ जना बेपत्ता

खबर पूर्वाञ्चल, ९ असार २०७७, मंगलवार २१:४८

विराटनगर / प्रदेश १ का विभिन्न २ स्थानमा तमोर नदिले बगाएर ३ जना बेपत्ता भएका छन् ।

ताप्लेजुङ फक्ताङलुङ गाँउपालिका–६ का ५७ बर्षिय कालुमान तक्मादेन लिम्बु र तेह्रथुम आठराई गाउँपालिका–५ होडाका १५ बर्षीय सन्तोष तामाङ र १८ बर्षीय रन्जित शेर्पा तमोर नदीमा बेपत्ता भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सोमवार दिउँसो २ बजेको समयमा घरबाट टिपटाला तर्फ जाँदै गरेका ताप्लेजुङ फक्ताङलुङका कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर नजिकै रहेको तमोर नदीमा पु¥याई बेपत्ता भएका छन् । यसैगरी सोमवार दिउँसो ३ बजे साथीहरुसंगै तमोर नदीमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिकाका–५ होडाका १५ बर्षीय सन्तोष तामाङ र १८ बर्षीय रन्जित शेर्पालाई पनि तमोर नदिले बगाउँदा बेपत्ता भएका छन् । पौडी खेल्न गएका उनीहरुलाई नदीले बगाएको प्रहरीले जनाएको छ । बेपत्ता तिनैजनाको सम्बन्धित ठाँउका प्रहरीले खोजतलास जारी राखेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५