पछिल्लो२४ घण्टामा प्रदेश १ मा ७२५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३०९ जना संक्रमणमुक्त

खबर पूर्वाञ्चल, १७ श्रावण २०७८, आईतवार १८:०४

विराटनगर/ प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१ हजार ३३१ जनाको पीसीआर परीक्षण गर्दा ४१२ र १ हजार ६ जनाको एन्टिजेन परीक्षण गर्दा ३१३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९३, मोरङमा ११७, सुनसरीमा ७८, इलाममा ६, पाँचथरमा ५, उदयपुरमा ३, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा ५३, विर्तामोमा ४२, कनकाईमा २८, अर्जुनधारामा १६, शिवसताक्षीमा १४, मेचीनगरमा १२, भद्रपुरमा १०, बुद्धशान्तिमा ९, गौरादह र कमल गाउँपालिकामा ३–३, बा¥हदशीमा २, गौरीगञ्जमा १, मोरङको विराटनगरमा २८, उर्लाबारीमा १८, सुन्दरहरैचामा १५, केराबारीमा १४, लेटाङमा १३, पथरीशनिश्चरेमा १२, रंगेलीमा ४, बेलबारी र कानेपोखरीमा ३–३, ग्रामथान र बुढीगंगामा २–२, मिक्लाजुङ, कटहरी र धनपालथानमा १–१ जनामा संक्रमण देखिएको छ ।

उता सुनसरीको इटहरीमा ५८, धरानमा ११, रामधुनीमा ६, बर्जु, बराहक्षेत्र र दुहवीमा १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, रोङ र मांसेबुङमा १–१, पाँचथरको फिदिममा ४ र स्थानीय तह नखुलेका १, उदयपुरको बेलका, त्रियुगा र रौतामाईमा १–१, ताप्लेजुङमा १, संखुवासभामा १, ते¥हथुममा १, भोजपुरको अरुणमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३०९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६५ महिला र १४४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएका छ । मृत्यु हुनेमा ८ महिला र ९ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५