AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेश सरकारद्वारा गणतन्त्र दिवसको अवसर पारेर ७ जना पत्रकार सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ जेष्ठ २०८२, बिहीबार १५:५४
90
Shares
विराटनगर/ कोशी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसर पारेर आज ७ जना पत्रकारलाई सम्मान गरेको छ।

नगद १ लाख सहित कोशी प्रदेशमा कार्यक्षेत्र भएका अग्रज पत्रकारहरुलाई सम्मान गरिएको हो। सम्मानित हुनेहरूमा झापाका चिन्तामणि दाहाल, मोहनकाजी न्यौपाने, बिमल लामिछाने ,धनकुटाका राजेश्वर श्रेष्ठ ,सुनसरीकि यशोदा सेने, मोरङका मोहम्मद सदरुल र मनोज दाहाल रहेका छन्।

उनीहरूलाई कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमाणपत्र र नगदसहित सम्मान गरे। कोशी प्रदेश सरकारले हरेक वर्ष प्रदेशमा क्रियाशील अग्रज पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम गर्दै आएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा गणतन्त्र दिवसको अवसर पारेर भव्य कार्यक्रम बीच सम्मान वितरण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर