AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा दुर्घटना, चालकसहित ४ जना घाइते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ भाद्र २०७८, शुक्रबार १५:२०
2.45k
Shares
विराटनगर / विराटनगर – १४ राधाकृष्ण राईस मिल अगाडी सवारी दुर्घटनामा परि चार जना गम्भिर घाइते भएका छन् ।

विराटनगरदेखि जोगवनीतर्फ जाँदै गरेको म्याजिक भने दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका हुन् ।

घाइते हुने म्याजिक चालक इटहरी उपमहानगरपालिका २४ वर्षिय राजु श्रेष्ठ, इटहरी ५ का ३५ अशोक राई, इटहरी ६ खनारका २४ वर्षिय आकाश मिश्र र उर्लाबारी ९ का सुवास तामाङ्ग रहेका छन् । घाइते मध्ये राइ, तामाङ्ग र श्रेष्ठको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घाइतेहरूको उपचार विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । पानी परिरहेकोले रानीतर्फ गइरहेको को १ झ १७४० नम्बरको म्याजिकले रोकिएको ना ५ ख ८१९७ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर