विराटनगर / विराटनगर–०८ हाट्खोलामा अवस्थित ग्रेडेड स्कुलले २०७९ सालमा आयोजना भएको विभिन्न क्रियाकलामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।
विभिन्न क्रियाकला अन्तरगात स्पोर्टस् मीट, अनुसासित विद्यार्थी, उत्कृष्ट हाजिरी र उत्कृष्ट मनिटर जस्ता विभिन्न विधामा पुरस्कार वितरण गरेको हो । अनुसासित विद्यार्थीमा स्नेहा झा, उत्सव बस्नेत, मनिशा राजवंशी, सरोवर ठाकुर, प्रेम सहनी , अन्जल राजवंशी र उत्कृष्ट हाजिरी तर्फ कक्षा–१ वाट रिदेन राजवंशी, कक्षा–२ वाट प्रविना कामत, कक्षा–३ वाट प्रतीकक्षा श्रेष्ठ, कक्षा–४ वाट विराट मण्डल, कक्षा–५ वाट इलेस नेउपाने, कक्षा–६ वाट निरन्जन मिश्र र सागर यादव, कक्षा–७ वाट स्नेहा माहाराना, कक्षा–८ वाट सृजना राजवंशी, कक्षा–९ बाट इशान्त यादव र कक्षा–१० वाट स्नेहा झाले पुरस्कार प्राप्त गरेका थिए ।
उक्त अवसरमा विभिन्न कक्षाका विद्यार्थीले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । विद्यार्थीहरुको मनोबल वृद्धि गर्ने उदेस्यले विद्यालयले विभिन्न विधामा पुरस्कार वितरण गर्दै आएको विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवालले जनकारी बताए ।
तपाईको प्रतिक्रिया