animated ellipse animated ellipse

कृषकहरुले लिखित रुपमा उपलव्ध समस्या उपलव्ध गराउन मुख्यमन्त्री कार्कीको आग्रह

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ मंसिर २०८०, बिहीबार १८:४१
81
Shares
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले यस क्षेत्रका पशुपालक एवं दुध उत्पादक कृषकका समस्या समाधान गर्ने बताएका छन् ।

नेपाल पाराभेटनरी एण्ड लाइभष्टक एशोसिएशनको ३४ औं स्थापना दिवसमा अवसरमा आज विराटनगरमा आयोजित दुध तथा दुधजन्य पदार्थको बजारीकरणको समस्या तथा समाधानको विकल्प सम्वन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मु्ख्यमनत्री कार्कीले सो कुरा बताएका हुन् ।

मु्ख्यमनत्री कार्कीले कृषकहरुले लिखित रुपमा उपलव्ध समस्या उपलव्ध गराउन आग्रह गर्दै त्यसलाई सरकारले समाधान गर्ने प्रतिवद्धता समेत व्यक्त्त गरे । सो अवसरमा सहभागी कृषकहरुले प्रदेशका पशुपालक कुषकहरुले उत्पादन गरेको दुधको सरकारले तोकेको अनुसार न्यूनतम मूल्य निजी डेरी उद्योगहरुबाट उपलव्ध गराउन अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले दुधजन्य पदार्थको बजारीकरणमा सङ्घीय तथा प्रदेश सरकारले अविलम्व ध्यान दिनु पर्नेमा सुझाव दिएका छन् ।

यस्तै उनीहरुले मुलुकमा विमामा किसानको सहज पहुँच र क्षतिपूूर्ति उपलव्ध हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा एशोसिएशनका प्रदेश संयोजक योगेन्द्रलाल यादव र रामप्रसाद मेहताले कार्यपत्र प्रस्तुत गर्दै प्रदेशमा १६ हजार किसानलाई तालीम दिएको छ भने १२ लाख पशुमा सेवा पु¥याएको जानकारी दिए ।

अन्तरक्रियामा प्रदेशका पशुपालक, दुध उत्पादक र संकलक किसानहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर