AArya
animated ellipse animated ellipse

कोशीमा एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन तत्काल फिर्ता नलिने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० कार्तिक २०८०, सोमबार १७:४८
198
Shares
विराटनगर /नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ ।

आज बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिएपनि समर्थन कायम राख्ने निर्णय गरेको एमाले सांसद मिना श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठका अनुसार आजदेखि एमाले प्रतिपक्षको बेन्चमा बस्नेछ ।

शुक्रबार मुख्यमन्त्री केदार कार्कीले एमालेको सहमति विपरीत नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जगेबुलाई मन्त्री बनाएपछि एमालेले सरकार छाडेको हो ।

मुख्यमन्त्रीले गठबन्धन दलबाट मन्त्री थप गरेपछि एमालेले आफ्नो मन्त्रीलाई फिर्ता बाृेलाएको थियो । कार्की नेतृत्वको सरकारमा एमालेबाट राम बहादुर राना सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर