खबर पूर्वाञ्चल
आज अस्पताल परिसरमा आयोजना गरिएको पहिलो दिनको निःशुल्क स्वास्थ्य शिविरमा ५० जना विरामीको स्वास्थ्य परीक्षण गरिएको अस्पतालका अध्यक्ष रूपेश अधिकारीले जानकारी दिए ।
पाँचौं वर्षमा पुगेको असरमा अस्पतालले आज र भोली निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । पहिलो दिनमा आएर हेर्न नभ्याएका विरामीलाई भोली स्वास्थ्य परीक्षण गरिने अस्पतालले जनाएको छ । भोली रक्तदान कार्यक्रम पनि हुनेछ । रक्तदानमा ५० भन्दा बढीले रक्तदान गर्ने तयारी गरिएको अध्यक्ष अधिकारीले बताए ।
विराटनगरमा विगत ४ वर्षदेखि फिजियोथेरापी र प्राकृतिक चिकित्साको क्षेत्रमा बिरामीहरुलाई सेवा प्रदान गर्दै आएको छ । दुई दिवसीय निःशुल्क हाडजोर्नी तथा नशा शिविरमा विभिन्न हाडजोर्नी, नशाका बिरामी, ढाड, कम्मर, घुँडा, जोर्नीहरु दुख्ने, हाड खिइने समस्या नशा च्यापिएको, प्यारालाइसिस (लकवा) वाथ आदि समस्याको निःशुल्क जाँच तथा परामर्श गरिएको छ ।
शिविरमा आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने अस्पतालले जनाएको छ । ‘शिविरमा आएका विरामीहरूलाई विशेषज्ञ चिकित्सकले परीक्षण गर्नेछ,’ अध्यक्ष अधिकारीले भने । दुर्गम तथा ६० वर्ष माथिका बिरामीहरुलाई उपचार सेवामा विशेष छुटको व्यवस्थ गरिएको छ । ‘कोभिड १९ ले गर्दा स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै विरामीको स्वास्थ्य परीक्षण गरिएको छ,’ उनले भने, ‘शिविरमा आउने बिरामीले अग्रिम नाम दर्ता अनिवार्य गराएको छ ।’