RUMPUM
animated ellipse animated ellipse

गौतमबुद्ध स्कुलले मनायो वार्षिकोत्सव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ फाल्गुन २०७९, आईतवार १८:२४
171
Shares
विराटनगर/ विराटनगरमा रहेको गौतम बुद्ध स्कुलले ४२ औं वार्षिकोत्सव तथा तेस्रो फनफिस्टा विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ ।

स्कुल परिसरमा आज एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

वार्षिक उत्सवको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे । स्कुलको वार्षिक उत्सवको उद्घाटन गर्दै मेयर कोइरालाले संस्कार र सिपसहितको गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए । अहिले आवश्यकता भनेको संस्कारसहितको रोजगारमुखी शिक्षा भएकोले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

स्कुलका भाइस प्रिन्सिपल निकिता ताम्राकार सुवालले स्वागत मन्तब्य राखेकी थिइन् । वार्षिक उत्सवको अवसर पारेर फनफिस्टा पनि आयोजना गरिएको थियो । फनफिस्टामा एक दर्जन बढी स्टलहरु रहेको स्कुलका प्रिन्सिपल केशवलाल सिंह सुवालले जानकारी दिए । कार्यक्रममा बोल्दै सुवालले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको क्षमता अभिवृद्धीको लागि स्कुलले विशेष ध्यान दिएर काम गरेको बताए ।

वार्षिक उत्सवमा विद्यार्थीहरूले साँस्कृतिक नृत्य, गायन र फेशन शो पनि प्रस्तुत गरी सहभागिहरुलाई दिनभरी मनोरञ्जन प्रदान गरे । कक्षा नर्सरीदेखि १० कक्षासम्मका विद्यार्थीहरुले मनोरञ्जनत्मक खेलहरु पनि देखाएर रमाइलो गरे । वार्षिक उत्सवमा अवसरमा एलकेजीदेखि कक्षा १० सम्म प्रथम, द्धितीय र तृतीय हुने ६८ जना विद्यार्थीहरुलाई छात्रवृती प्रदान गरियो ।

यस्तै २५ वर्षसम्म गौतम बुद्ध स्कुलमा अध्यापन गराउने चार जना शिक्षकहरुलाई सम्मान गरियो । जसमा धिरज राजवंशी, गुणसागर पण्डित, भाष्कर ढंगोल र कमलसेन गुप्तालाई सम्मान गरियो । यस्तै उत्कृष्ट शिक्षकमा प्राइमरीतर्फबाट पुष्पा बस्नेत, र सेकेण्डरीबाट पुजन तामाङलाई सम्मान गरेको थियो । यस्तै प्राइमरीतर्फबाट ग्रेड टिचरमा संगीता शर्मालाई सम्मान गरिएको थियो । सम्मानित हुने शिक्षकहरुलाई स्कुलका हेड टिचर अर्जुन मल्ल ठकुरी, कमलशेन गुप्ताले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर