AArya
animated ellipse animated ellipse

प्रदेशस्तरीय फूलपाती बढाइँमा मुख्यमन्त्रीद्वारा पूजापाठ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ कार्तिक २०८०, शनिबार १८:००
261
Shares
विराटनगर / मोरङको रंगेलीस्थित संसारी माई मन्दिरबाट कोशी प्रदेशस्तरीय फूलपाती बढाइँ गरिएको छ ।

विजया दशमीको सातौं दिन हरेक वर्ष रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मन्दिर परिसरबाट बढाइँ आरम्भ हुने गर्छ । कोशी प्रदेश सरकारले ६ वर्षअघि सन्सारी माई मन्दिरबाट प्रदेशस्तरीय बढाइँ गर्ने निर्णय गरेको थियो । आज कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की बढाइँमा सहभागी भई पूजापाठ गरेका छन् ।

कोशी प्रदेशको राजधानी विराटनगरबाट २२ किलोमिटर पूर्वको चिसाङ खोला किनारमा मन्दिर पर्छ । नवरात्र भर १० दिनसम्म रंगेलीमा दुई दर्जन ब्राम्हणले चण्डी पाठ पारायण गर्ने गर्दछन् । त्यहाँबाट डोलीसहित फूलपाती लिएर रंगेली– ६ को पब्लिक उच्च माध्यमिक विधालय नजिकैको बेलको रुखमुनी विधिवत पूजा गर्ने गरिन्छ । जोडी बेलमा पूजापाठ गरेपछि त्यसलाई रंगेलीकै काली मन्दिरमा मुख्यमन्त्रीले फूलपाती भित्र्याउने चलन छ । लिस्नो (सिँढी) मा चढेर बेल काटेपछि विधिवत रुपमा फूलपाती भित्र्याउने कार्य शुभारम्भ हुन्छ ।

सन्सारी माई स्थानबाट सांस्कृतिक झाँकीसहित निकालिएको डोली जात्रा रंगेली बजारको काली मन्दिरसम्म पु¥याइन्छ । यसमा नेपाली सेनाको टुकडीसमेत सहभागी हुने गर्छ । कोसी प्रदेशकै दर्शनीय पीठको रुपमा विकास भएको सन्सारी माई मन्दिर र स्थानीय काली मन्दिर धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भएको मुख्यमन्त्री कार्कीले बताएका छन् । “धार्मिक पर्यटन प्रवद्र्धन र विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्नेछ,” उनले भने ।

फुलपाती बढाइँमा रंगेली, सुनवर्षी, रतुवामाई नगरपालिका, धनपालथान र कानेपोखरी गाउँपालिका तथा छिमेकी भारतबाट ठूलो संख्या भक्तजन सहभागी भएका थिए । फूलपाती बढाइँका अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी र विभिन्न जातिका झाँकीसमेत निकालिएको थियो । राई, लिम्बू, मगर, राजंवशी, सन्थाल, उराव र झाँगड समुदायले लोकनृत्य प्रस्तुत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर