खबर पूर्वाञ्चल
अष्ट्रेलियाका फुटबल प्रशिक्षक म्याट रसको राष्ट्रिय टोलीसंग यो तेस्रो अन्तर्राष्ट्रिय खेल हुने बताएका अखिल नेपाल फुटबल संघका प्रवक्ता सुरेश साहका अनुसार टोलीले जुन १० मा लाओसविरुद्ध समूह चरणको दोस्रो खेलमा प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोली छनोट अन्तर्गत समूह एफमा रहेको छ । यसअघि पहिलो खेलमा मलेशियाविरुद्ध प्रतिस्पर्धा गरेको नेपालले अब लाओस, भियतनामसंग प्रतिस्पर्धा गर्नेछ । भियतनामसंग भने अक्टोबर ९ मा खेल्नेछ ।
छनोट अन्तर्गत समूह चरणको पहिलो खेल मलेशियासंग खेलिसकेको नेपालका लागि लाओसविरुद्धको खेल अहम हुने प्रवक्ता शाहले जानकारी दिए । एन्फाका अनुसार टोलीले आफ्नो तयारी शतप्रतिशत रुपमा गरिरहेको छन् । लाओसको खेलपूर्व अभ्यासका क्रममा बिहीबारबाट टोली मनांग पुग्ने उनले बताए । प्रवक्ता शाहले भने, “केहीदिन टोली मनांगमा अभ्यासमा जोडिनेछ । लाओसको मौषम अनुकुल खेलाडीको तयारीमा जुटेका हौ ।
प्रशिक्षक रसले आफ्नो डेब्यु खेलमा सिंगापुरविरुद्ध जितको नतिजा निकालेका थिए र यसपटकपनि हामीले सोही अनुरुपको नतिजा अपेक्षा गरेकाछौ।” उनका अनुसार एशियन छनोट अन्तर्गत मलेशियाविरुद्ध अपेक्षाकृत नतिजा नआएपनि ४५ वर्षपछि पहिलोपटक सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलमा टोलीले जित निकालेको थियो ।
सिंगापुरविरुद्ध नेपाली टोलीले गत चैत्र ८ गते सिंगापुरको मैदानमा प्रतिस्पर्धा गरेको थियो । सो खेलमा जिलेस्पी जंग कार्कीको एकमात्र गोलले नेपाली टोली विजयी भएको थियो । अभ्यासका लागि केहीदिन अघि प्रशिक्षक रसले अन्तिम ३० जना खेलाडीलाई प्रशिक्षणमा राखेकाछन् । प्रवक्ता शाहका अनुसार प्रशिक्षक रसले सोही प्रशिक्षणबाट टोलीलाई अघि बढाउनेछन् ।
छनोट खेलपूर्व नेपाली टोलीले जुन ५ मा हंगकंगमा समेत मैत्रीपूर्ण खेलमा सहभागिता जनाउँनेछ । फिफा विन्डो अन्तर्गत हंगकंगविरुद्ध भने यो दोस्रो मैत्रीपूर्ण खेल हुने उनको भनाई छ । २०४५ सालमा पहिलोपटक दुवैबीच खेल हुँदा नतिजा भने गोलरहित बराबरीमा सकिएको थियो।