animated ellipse animated ellipse

विभिन्न कार्यक्रम गरि मनाइया एभरेष्टले राष्ट्रिय बालदिवस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० भाद्र २०७९, बिहीबार १३:१७
171
Shares
विराटनगर / विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा राष्ट्रिय बालदिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । ‘

बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाईएको राष्ट्रिय बाल दिवस, २०७९ को अवसरमा एभरेष्टमा विभिन्न कृयाकलाप गरि मनाइएको हो । बालबालिकाको प्रतिभा उजागर गर्ने उद्देश्यसहित मन्टेश्वरी र विद्यालयतहमा बेग्लाबेग्लै कार्यक्रम गरिएको छ ।

एभरेष्ट मन्टेश्वरीमा केक काटेर बालदिवस कार्यक्रमको समुद्घाटन गरिएको थियो । उक्त कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा १ सम्मका बालबालिकाका प्रतिभाहरु प्रस्तुत गरेका छन् । यस्तै कक्षा २ देखि ९ सम्मका विद्यार्थीबिच भने चित्रकला प्रतियोगिता गराइएको छ ।

राष्ट्रिय बालदिवस बालबालिकाको सक्रिय सहभागितामा मनाउने उद्देश्यका साथ यसपटक विभिन्न कार्यक्रम गरि उत्सव सरह मनाइएको विद्यालयले जनाएको छ । विद्यालयका प्राचार्य टिकाराम पुरीले राष्ट्रिय बालदिवसमा बालबालिकाको सक्रिय सहभागिता रहोस भन्ने उद्देश्यले विभिन्न कार्यक्रम गरिएको बताए । उनले यस्ता कार्यक्रमले बालबालिकाको मनोबल बढ्ने मात्रै नभई आत्मविश्वास समेत बढ्ने बताए।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर