काठमाण्डौं / बाँकेको नेपालगञ्ज थप ६ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार नेपालगन्जकै थप ६ जनामा कोरोना पुष्टि भएको हो । संक्रमीक सवै एकै गाउँका हुन् ।
नेपालगञ्जस्थित भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितमा १६, २१ र ३४ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी ४०, ५५ र ६० वर्षीया महिला पनि कोरोना संक्रमित भएका छन् । आजै दिउँसो नेपागञ्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
तपाईको प्रतिक्रिया