RUMPUM
animated ellipse animated ellipse

महिलाहरूले प्रतिनिधित्व मात्रै नभई नेतृत्व पनि खोजेको : डा. संग्रौला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ पुष २०७८, सोमबार १८:५५
180
Shares
विराटनगर / नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले महिलाहरूले प्रतिनिधित्व मात्रै नभई नेतृत्व पनि खोजेको बताएकी छिन् ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा. संग्रौलाले नेपाली कांग्रेसको १४ औं महाअधिवेशनमा थोरै मात्रै महिला उमेदवार निर्वाचित भएको र मनोनयनबाट महिलाको प्रतिनिधित्व गराईए पनि यतिले मात्रै आफूहरूको लडाई नटुंगिने बताइन् ।

डा. संग्रौलाले आन्तरिक लोकतन्त्रका लागि अधिवेशनसम्म पक्ष विपक्ष भए पनि अब, सबै एकजुट भएर आगामि तीन तहको निर्वाचनमा लाग्नुपर्ने बताइन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवाले पक्षपात पूर्ण रुपमा केन्द्रीय सदस्य मनोनयन गरेको पत्रकारहरूको प्रश्नमा डा. संग्रालाले पहिलो चरणमा त्यस्तो देखिए पनि सभापति देउवाले अर्को चरणको मनोनयन गर्दा मिलाउनुपर्ने बताइन् । उनले पार्टी सभापतिले भोट दिने नदिने सबैको सभापति भन्नुभएको र त्यो उहाँले व्यवहारमा देखाउनुपर्ने स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर