RUMPUM
animated ellipse animated ellipse

पंजाव पुलिसले संकटालाई पराजित गर्दै उपाधि नजिक, उपाधिकालागि शनिबार एपिएफसँग भिड्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ बैशाख २०७८, बिहीबार २२:१२
1.72k
Shares
पुष्पराज थपलिया
विराटनगर /भााारको पंजाव पुलिस क्बल आहा रारा गोल्डकपको च्याम्पियन संकटा क्लबलाई पराजित गर्दै विराटनगरमा जारी छैटैे संस्करणको विराट गोल्डकपको उपाधि नजिक पुगेको छ ।

पंजावले विराटनगरको सहिद मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा विराट गोल्डकपको पूर्व विजेता समेत रहेको संकटालाई १–० गोलले निराश बनाउँदै उपाधि नजिक पुगेको हो ।

पंजावले उपाधिको लागि शनिबार बिभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौंसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो पटक गोल्डकपमा भाग लिएको पाहुना टोली पंजावलाई परमजीत सिंहको निर्णायक गोल फाइनलसम्मको यात्रा तय गरेको हो । परमजितले खेलको ७५ औं मिनेटमा हर्सदिप सिंहले निकालिदिएको क्रस पासलाई सदुपयोग गर्दै गोलमा परिणत गरे ।

दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबारी खेले । खेलको १४ औं मिनेटमा संकटाका गणेश हमालले दिएको पासलाई ओडे ग्लोरीले गरेको प्रहार पंजावका गोलरक्षक सतवीर सिंहले डाइभ गर्दै बताए । २०७० को विराट गोल्कडपको बिजेता संकटाले यसपटक पनि उपाधि दाबेदारी पेश गर्ने टोलीमध्ये एक थियो । तर पंजाव उसको सपनाको बाधक बन्यो । रक्षापंत्तिको कमजोरीमा संकटा पछि प¥यो । १७ औं मिनेटमा संकटाका तिर्थ बस्नेतले ३० यार्डदेखि गरेको प्रहार बाहिरियो । खेलको ३० औं मिनेटमा पंजावका राजविर सिंहको वान भर्सेस वानको प्रहार संकटाको गोल रक्षक राजाबावु थापाले उत्कृष्ट बचाउँदा पहिलो हाफमा गोल गर्ने अवसर खेर गयो । पहिलो हाफममा संकटाका खेलाडीले आधा दर्जन उत्कृष्ट प्रहार गोलमा परिणत हुन नसक्दा सेमिफाइनलदेखि अगाडि बढ्न सकेननन् ।

यसअघि संकटाले आरा रारा गोल्डकपमा क्यामरुनलाई सेमिफाइनलमा ४–२ गोलले हराउँदै उपाधि जितेको थियो । यो सँगै संकटाले दोस्रो पटक विराट गोल्डकपको उपाधि जित्ने सपना चकनाचुर भयो । दोस्रोे हाफपछि संकटाले खेल बराबरीमा ल्यान आक्रामक खेल खेलेपनि सफल हुन सकेन । खेलको ६६, ७३ र ८९ औं मिनेटमा पनि संकटाले गोल गर्ने अवसर पाएकोमा सदुपयोग गर्न नसक्दा सेमिफाइनलदेखि बाहिर बाध्य भयो ।
खेलको म्यान अफ द म्याच पंजावको निर्णायक गोल गर्ने परमजित सिंह घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

झगडा गरेपछि दुई खेलाडीलाई रेड कार्ड
खेल सकिएपछि संकटा र पंजावका खेलाडीबिच झगडा भएपछि दुई जना खेलाडीले रेड कार्ड पाएका छन् । पंजावका कप्तान जगदीप सिंह र संकटाका सहिद स्माटले रेड काड पाएका हुन् । रेफ्री श्याम दनुवारले खेल सकिएको घोषण गरेसँगै संकटा र पंजावका खेलाडी बिच झगडा भएको थियो । झगडा गर्ने मध्येका दुई जना खेलाडीलाई रेप्री दनुवारले रेड कार्ड दिएका छन् । रेड कार्ड पाएसँगै पंजावका कप्तान जगदीपले फाइलनमा खेल्न नपाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर