AArya
animated ellipse animated ellipse

हात्ती आक्रमणबाट मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति दिन मन्त्री उप्रेतीको निर्देशन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० मंसिर २०८०, बुधबार १९:०८
288
Shares
विराटनगर/ कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले हात्तीको आक्रमणमा परी ज्यान गुमाएकाहरुको परिपारलाई तत्काल क्षतिपूर्ति दिन सरोकारवालाहरुलाई निर्देशन दिएका छन् ।

सोमबार हात्तीको आक्रमणमा परी ज्यान गुमाएका मोरङको लेटाङ(३ का कमल माझीको घरमा समवेदना दिन पुगेका मन्त्री उप्रेतीले तत्काल क्षतिपूर्ति दिन निर्देशन दिएका हुन् ।

उनले ५ दिनभित्र क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित सरोकारवालालाई निर्देशन दिए ।

‘कानुनमा ३० दिनभित्र भनिएपनि मुचुल्का उठाउने काम २ दिनको हो । बाँकी प्रक्रियामा जाँदा ५ दिनभित्र काम सकिन्छ । ३० दिन कुर्नैपर्ने आवश्यकता छैन,’ उनले भने, ‘जनतालाई सरकारको अनुभुति दिलाउने दायित्व हाम्रै हो । त्यसैले ढिलासुस्ती नगरौं । हामीले के गर्नुपर्छ रु गर्छौँ ।’

परिवारसँग भेट्ने क्रममा मन्त्री उप्रेतीले उनीहरुलाई किरिया खर्च बापत ५० हजार रुपैयाँ रकम समेत उपलब्ध गराएका छन् ।

उनले प्रदेश सरकारबाट सिर्जना हुने रोजगारीमा पीडित परिवारका सदस्यलाई प्राथमिकतामा राखिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर