महानगरको कार्यपालिका बैठकमा बजेटका विषयमा छलफल

खबर पूर्वाञ्चल, २९ जेष्ठ २०७९, आईतवार १९:१५
549
Shares
विराटनगर / विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा कार्यपालिकामा छलफल सुरु भएको छ ।

कार्यपालिकामा बजेट सिलिङ र मार्गदर्शनका विषयमा छलफल सुरु भएको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए । कार्यपालिकाको बैठकमा क्षेत्रगत र वडागत बजेट सिलिङका विषयमा छलफल भएको उहाँको भनाइ छ ।

बैठकमा वडा नम्बर १ का अध्यक्ष काजी बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, ६ का हरिशचन्द्र सहनी, ७ का मधुबाबु तिवारी, ८ का राम पोखरेल, ९ का विश्वनाथप्रसाद भगत, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र न्यौपाने, १२ का हिरालाल कामत, १३ का सूर्यलाल यादव, १४ का सूर्यनारायण महतो, १५ का प्रकाश साह, १६ का उद्धवकुमार भुजेल, १७ का समिम कमर मिया, १८ का जितेन्द्रकुमार साह र १९ का वडाध्यक्ष श्याम घिमिरेले बजेटका विषयमा आ–आफ्ना धारणा राख्नु भएको थियो । बैठकमा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले महानगरका सबै वडालाई न्यायोजित रुपमा बजेट वितरण गरिने बताइन् ।

संविधानमा उल्लेख भएअनुसार मुलुकका सबै ७५३ वटै पालिकाले आगामी असार १० गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्छ । महानगरले बजेट निर्माणलाई तीव्र बनाएको छ । बजेटमा समेट्नुपर्ने विषयमा केन्द्रित भएर महानगरले सरोकारवालाहरूसँग पनि छलफल सञ्चालन गरिरहेको छ । आइतबार नै नवनिर्वाचित कार्यपालिका सदस्यहरूलाई मेयर कोइरालाले सपथग्रहण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५