AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा चार वर्षका बालकलाई कोरोना पुष्टि, आमालाई छैन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ श्रावण २०७७, मंगलवार १९:४२
108
Shares
विराटनगर/ विराटनगर १७ मा चार वर्षको एक जना बालकलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

आज बालकलाई कोरोना संक्रमण पुष्टि भए पनि ती बालकका आमाको रिपोट नेगेटिभ भएको विराटनगरका १७ का वडाअध्यक्ष समिक कमरले जानकारी दिए ।

संक्रमित बालकका बुवा विराटनगर ९ गुद्रीमा सब्जी व्यापार गर्दछन् । केही दिन अगाडी बावुमा कोरोना संक्रमण पुष्टि भएपछि उनको परिवारको कन्ट्रयाक टे«सिङ्गको आधारमा परिवारको स्वाब संकलन गरिएको वडाअध्यक्ष कमरले बताए । ‘आज आएको रिपोट अनुसार बालकलाई कोरोना संक्रमण देखियो । आमालाई छैन,’ उनले भने ।

विराटनगर १७ मा आज आएको रिपोट अनुसार ४ पुरूष र ४ महिला गरि ८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ६ जना एकै घरका परिवार रहेको वडाअध्यक्ष कमरले बताए । एकै घरका संक्रमित रहेका मध्ये एक जना सवारी चालक हुन् । केही दिन अगाडी ती चालक संक्रमित भएपछि परिवारको अन्य सदस्यको स्वाब संकलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर