पूर्वाञ्चल खबर

प्रशासनले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, सभा–जुलुस गर्न तथा शान्ति–सुरक्षामा असर पर्ने गतिविधि गर्न रोक लगाएको जनाएको छ। निषेधाज्ञाको पूर्ण पालना गर्न प्रशासनले सबैसँग आग्रह गरेको छ। प्रशासनका अनुसार निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिनेछ।
देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई पक्षबीच भएको विवाद हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो। घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए। त्यसपछि सोमबार बिहानदेखि कर्फ्यु लागू गरिएको थियो। अहिले अवस्था क्रमशः सामान्य बन्दै गएपछि कर्फ्यु हटाइएको भए पनि सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ।