RUMPUM
animated ellipse animated ellipse

अर्किड कलेजमा दशैंको शुभकामना आदानप्रदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ आश्विन २०८३, बुधबार १७:२०
3
Shares
विराटनगर — विराटनगर-१० मा रहेको अर्किड कलेजले नेपालीहरूको महान् चाड बडादसैं (विजयादशमी) का अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । विद्यालय परिसरमा आज आयोजित कार्यक्रममा शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल मनिष भट्टराईले हाम्रा मौलिक चाडपर्वहरूले समाजमा आपसी भाइचारा, मेलमिलाप र सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस्ता सांस्कृतिक पर्वहरूले समाजलाई एकताको सूत्रमा बाँधेर सकारात्मक दिशातर्फ अघि बढाउने धारणा व्यक्त गरे । कार्यक्रममा उपस्थित शिक्षक–शिक्षिकाहरूले आपसमा बडादसैं, तिहार तथा छठ पर्वको शुभकामना साटासाट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर