AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

‘कार्यकर्तामुखी र वितरणमुखी बजेट’ : माओवादी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ असार २०८२, आईतवार १८:५४
36
Shares
विराटनगर / कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटप्रति प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कार्यकर्तामुखी र वितरणमुखी बजेट ल्याएको बताएको छ ।

प्रदेश सभामा आज आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरद्वारा प्रस्तुत ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेटमाथि प्रतिक्रिया दिँदै माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बजेटले दुई सत्तारुढ दलका नेता–कार्यकर्तालाई मात्रै खुशी पार्ने प्रयत्न गरेको आरोप लगाए । ‘बजेट दुई वटा दलका कार्यकर्तालाई खुशी बनाउनेगरी आएको छ,’ आङ्बोले भने, ‘यसले प्रदेशमा कुनै पनि ठोस परिणाम र उपलब्धि ल्याउन सक्दैन ।’ उनले बजेटलाई परम्परा धान्ने नाममा बनेको औपचारिक कागज मात्रैको संज्ञा दिँदै त्यसमा कुनै दीर्घकालीन सोच, प्राथमिकता र योजनागत स्पष्टता नरहेको टिप्पणी गरे ।

‘बजेट सामान्यतया परम्परा धान्ने खालको मात्रै आएको छ,’ उनले भने, ‘कृषिलाई प्राथमिकतामा राखिएको भनिए पनि व्यवहारमा त्यो देखिँदैन । अघिल्लो वर्ष कृषिमा ४ अर्बभन्दा बढी विनियोजन गरिएकोमा अहिले त्यो बजेट घटाएर सवा २ अर्बमा झारिएको छ ।’

आङ्बोले बजेटलाई “वितरणमुखी” र “कनिका छरेजस्तो” भन्दै संघीयताको मर्म विपरीतको संकुचित दृष्टिकोणबाट तयार गरिएको बताए । ‘संघीयता कार्यान्वयनका हिसाबले लाखौंको बजेट केन्द्रमा जान्छ, तर प्रदेशमा ५० हजार आउँछ । यो बजेटले पनि त्यसैको संकेत गरेको छ,’ उनले भने । बजेटमार्फत सत्तारुढ दलले राजनीतिक कृपावादलाई प्रश्रय दिँदै संस्थागत सुधार र संरचनागत विकासतर्फ कुनै गम्भीरता नदेखाएको आङ्बोको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर