मोरङमा १३ सहित प्रदेश १ मा २६ जना कोरोना संक्रमित थपिए

खबर पूर्वाञ्चल, ३१ चैत्र २०७७, मंगलवार १८:१६

विराटनगर / मोरङमा १३ सहित आजप्रदेश १ मा २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङबाहेक झापामा ८, सुनसरीमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १३, झापाको विर्तामोड र दमकमा २–२, भद्रपुर, मेचीनगर, अर्जुनधारा र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरी र दुहवीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । हाल सम्म संक्रमितको संख्या ३० हजार ४९६ पुगेको छ ।

संक्रमित भएका मध्ये २९ हजार ८ सय ७० संक्रमणमुक्त भएका छन् ।

प्रदेश १ मा आज २ सय ९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीषण गरिएका मध्ये १२ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३३ हजार ७ सय ६८ जनाको पीसीआर परीषण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५