AArya
RUMPUM
animated ellipse animated ellipse

मनमोहन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा नियुक्त्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ बैशाख २०८२, आईतवार २०:२०
135
Shares
विराटनगर / कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा क्षेत्री नियुक्त्त भएका छन ।

विश्वविद्यालय सेवा आयोगको दोस्रो अध्यक्षमा प्रोफेसर डाक्टर दामोदर थापा क्षेत्री नियुक्त्त भएका हुन ।
अअध्यक्ष थापालाई आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको सपथग्रहण गराए ।

विश्वविद्यालयको मोरङको बुढीगंगा ४ हात्तीमुढा स्थित केन्द्रीय कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा सहकुलपति तथा कोशी सरकारका समाजिक विकास मन्त्री पाँचकर्ण राई ,उपकुलपति डा सुवासश्री पोखरेल , संरक्षण समिति सदस्य सत्यनारायण चौधरी , रजिष्टार डा. दिलनाथ फुँयाल र डिन प्राडा प्रचण्डमान प्रधान लगातको उपस्थिती थियो ।

मनमोहन प्राविधिक विश्वविद्यालय कोशी सरकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय हो । यो विश्वबिद्यालयमा हाल ईन्जिनियरिङग,कानुन , औषधी विज्ञान र अस्पताल व्यावस्थापनमा पढाई हुदैआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर