पूर्वाञ्चल खबर
अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्म लाने प्रयास गर्दै गर्दा कांग्रेस नेता डा.कोइरालाले प्रचण्ड निवास खुमलटार पुगेर गठबन्धन गर्न नसक्ने बताएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताए ।
‘उहाँहरुको भेटमा एमसिसी, स्थानीय तहको निर्वाचन, गठबन्धनलगायतका विषयमा छलफल भएको थियो‚’ उनले भने, ‘प्रचण्डजीले गठबन्धनको कुरा गर्नुभयो । तर, उहाँ (कोइराला)ले कम्युनिष्टले कांग्रेसलाई भोट नहाल्ने भएकाले सम्भव नभएको बताए ।’
गठबन्धन गरेर निर्वाचनमा जाँदा कांग्रेसलाई कुनै फाइदा नभएको उनले प्रचण्डलाई बताए । गठबन्धनलाई लिएर कांग्रेसमा दुई धार बनिरहेको छ । सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेको भएपनि संस्थापन इतर पक्ष गठबन्धन गर्न नहुने पक्षमा छन् ।