शिक्षादीप कलेजमा स्पोर्टस् मिट सुरू

खबर पूर्वाञ्चल, २२ मंसिर २०७९, बिहीबार १६:०१
99
Shares
विराटनगर / विराटनगरस्थित शिक्षादीप कलेजमा शिक्षादीप स्पोर्टस् मिट २०७९ सुुरू भएको छ ।

विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी स्पार्टस् मिट सुरू भएको हो ।

हप्ता दिनसम्म संचालन हुने स्पोर्टस् मिटको उद्घाटन कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले गरेका थिए । कलेजका कोर्डिनेटरद्धोय शंकर भट्टराई, बसन्त बस्नेत र खेल संयोजक मणि भट्टराईको पनि उपस्थीति रहेको थियो ।

शिक्षादीप कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्पोर्टस् मिट गर्दै आएको छ । एक हप्तासम्म संचालन हुने स्पोर्टस मिटमा आधा दर्जन बढी खेलहरू समावेस गरिएको छ । कक्षा ११ र १२ कक्षामा अध्ययरत विद्यार्थीहरूले स्पोर्टस् मिटमा भाग लिनेछन् । स्पोर्टस् मिटमा पाँच सय भन्दा बढी विद्यार्थीहरू सहभागि हुने कलेजका निर्देशक भुपेन्द्र दाहालले जानकारी दिए ।

स्पोर्ट्स मिटमा क्रिकेट, फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, रनिङ्गलगायतका खेलाहरू रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५