पूर्वाञ्चल खबर

यसअघि सर्वसम्मतबाट एसोसिएसनको नयाँ नेतृत्व चयन हुदै आएको थियो । अन्य पदमा सर्वसम्मत रूपमा पदाधिकारी र कार्यसमिति चयन भएपनि अध्यक्षमा सहमति हुन नसकेपछि निर्वाचन भएको हो । अहिलेसम्मको इतिहासमा नेपाल डेन्टल एसोसिएसन मोरङमा निर्वाचनको पद्धतिबाट अध्यक्ष निर्वाचन गरेको यो पटकको पहिलो भएको बताइएको छ ।
एसोसिएसनको उपाध्यक्षमा डा. बिवेक सिंह, महासचिबमा डा. मिरा आचार्य, कोषाध्यक्षमा डा. पवन मेहता, सह–सचिबमा डा. विशालराज जोशी सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरू डा. प्राचि भगत, डा. निलेशकुमार देव, डा. अमिनकुमार सिंह र डा. आदित्य साह पनि सर्वसम्म रूपमा चयन भएका छन् ।