RUMPUM
animated ellipse animated ellipse

अत्यावश्यकबाहेकको सेवा बन्द गर्ने महानगरपालिकाको निर्णय

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ श्रावण २०७७, आईतवार १३:१०
3
Shares
विराटनगर / समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि विराटनगर महानगरपालिकाले आजदेखि अत्यावश्यकबाहेक अन्य सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ ।

पछिल्लो समय विराटनगर महानगरपालिकाभित्र समुदायस्तरमा संक्रमण देखिएपछि महानगरपालिकाले प्रदान गर्दै आएको अत्यावश्य बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको हो ।

समुदायस्तरमा कोरोना देखिएकाले भिडभाड नियन्त्रणका लागि कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सेवा प्रवाह केही दिनका लागि बन्द गर्ने निर्णय भएको मेयर भीम पराजुलीले जानकारी दिए ।

महानगरपालिकाले घरनक्सा पास गर्ने, सामाजिक सुरक्षा भत्ता वितरण तथा कार्ड नवीकरणलगायत काम पछि गर्न सकिने भएकाले तत्काल भिड हुन नदिन बन्द गर्ने निर्णय गरेको हो ।

आज बसेको बैठकले साप्ताहिक रुपमा लाग्ने हाटबजार पनि बन्द गर्ने निर्णय गरेको छ । लकडाउन खुलेसँगै साप्ताहिक बजार लाग्न सुरु भएको थियो । तर संक्रमणलाई भयावह हुन नदिन सुरक्षा निकायको सहयोगमा हाटबजार बन्द गर्ने निर्णय भएको पराजुलीले बताए ।
महानगरले अत्यावश्यक अवस्था बाहेक घरबाहिर ननिस्कन अपिल समेत गरेको छ । पछिल्लो समय महानगर क्षेत्रमा कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन अनुरोध गरेको हो । यससंगै विराटनगरलाई आइतबारदेखिनै लागू हुनेगरी थप सचेतनाका साथ स्वास्थ्य सुरक्षाका विषयमा कडाइ गरिने भएको छ ।
महानगरपालिकामा आज बसेको नगर स्तरिय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) को बैठकले यसखाले निर्णय गरेको हो । उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग छलफल गरेर महानगरले नगर भित्र थप कडाइका कार्यक्रम सार्वजनिक गरेको हो । नगरक्षेत्रमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसंगै थप कडाइका कार्यक्रम ल्याउनुपर्ने सरोकार सम्वन्धहरुले सुझाब दिएका थिए ।
यस संगै सीमा क्षेत्रबाट लुकीछिपी हुने आगमनलाई रोक्ने ,सिटि रिक्सामा दुरि कायम गर्नुपर्ने , चोक ,बजारमा भिडभाड गरेर लाग्ने पसल ब्यवसायलाई नियन्त्रण गर्ने, अनिवार्य मास्क लगाउनु पर्ने ,सामाजिक दुरी कायम राख्नुपर्ने,भिडभाड हुनबाट पूर्णरुपमा बन्देज लगाउने ,परिक्षणको दायरा बढाउन थप पहल गर्ने ,क्वारेन्टाइन थप बढाउने, आइसोलेसनलाई थप ब्यवस्थित बनाउन प्रदेश सरकारलाई अपिल गर्ने ,आपतकालिन स्वास्थ्य सुरक्षामा थप ध्यान दिनका साथै कुनैपनि खालका सभासमारोह गर्न नदिने लगायतको निर्णय भएको मेयर भीम पराजुलीले जानकारी दिए ।
विराटनगर महानगरपालिकाले कोरोना भाइरसको अवस्था हेरेर कुनैपनि बेला लकडाउनमा जानुपर्ने अवस्था तर्फ महानगरले अध्ययन गरिरहेको भन्दै सबैलाई सचेत रहन र स्वास्थ्य सम्वन्धी मान्यताहरु पालना गर्न आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

  1. सबै भन्दा पहिला पारि बाट आउने श्रमिक को नियन्त्रण गर्न प्रहरीले जरुरी छ।कामदारको नेपाली परिचय पत्र चेक गर्ने अनिवार्य रुपमा अब मात्र होला।

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर