वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि नेकाँ मरिहत्त नगरेको : सभापति देउवा

खबर पूर्वाञ्चल, १० चैत्र २०७७, मंगलवार १७:०४

विराटनगर / नेपाली कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्ने अहिले तयारी नगरेको नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि नेकाँ मरिहत्त नगरेको उनले स्पष्ट समेत पारे ।

सभापति देउवाले नेकां प्रतिपक्षी पार्टी भएकोले वर्तमान सरकारमा समेत सहभागी नहुने बताए । पूर्व प्रधानमन्त्री देउवाले जनताले काँङ्ग्रेसलाई प्रतिपक्षको भूमिका निर्वाह गर्न अधिकार दिएकोले सशक्त्त भूमिका निभाउने बताए ।
वर्तमान सरकार विरुद्ध नेकांले अविश्वास प्रस्ताव ल्याउने सम्वन्धमा थाहा नभएको बताउँदै अन्य पार्टीले कहिले ल्याउने हो सम्वन्धित दलका नेतालाई सोध्न सभापति देउवाले आग्रह गरे ।

सभापति देउवाले नेकांं विपक्षी पार्टी भएकोले वर्तमान सरकारलाई समर्थन नगरेको प्रष्ट समेत पारे । सुनसरीको धरानको एक कार्यक्रममा सहभागी हुन सभापति देउवाले विराटनगर आएका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५