RUMPUM
animated ellipse animated ellipse

कोरोना संक्रमणको दर अझ बढ्न सक्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ जेष्ठ २०७७, बिहीबार २०:०६
3
Shares
काठमाण्डौ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी दिनमा कोरोना संक्रमणको दर अझ बढ्न सक्ने जनाएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा आज भएको छलफलमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सबै जिल्ला उत्तिकै जोखिममा रहेका कारण धेरै सावधानी अपनाउन जरुरी रहेको बताउनुभयो । १५ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिमा बढी संक्रमण देखिएको भन्दै उनले जटिल स्वास्थ्य समस्या भएकाहरु भने नभेटिएको जानकारी दिए ।

हाल देशका नौओटा अस्पतालहरुबाट संक्रमितहरुको उपचार भइरहेको र भारतलगायत विभिन्न पाँच देशबाट संक्रमितहरु नेपाल आएको उनले जानकारी दिए । डा.देवकोटाले प्रतिदिन १८ स्थानबाट तीन हजार व्यक्तिको परीक्षण गर्न सकिने क्षमता रहेको पनि बताए । छलफलमा सांसदहरुले पीसीआर परीक्षणको दायरा फराकिलो बनाउन सुझाव दिएका थिए । उनीहरुले जनघनत्व बढी रहेको स्थानमा परीक्षण बढाउनुपर्ने र एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशलाई कडाइ गर्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर