ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी अस्पतालको नयाँ बन्ने पाँच तला भवनको शिलन्यास

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ आश्विन २०७८, बिहीबार १८:५९
1.15k
Shares
विराटनगर / विराटनगरस्थित कोशी अस्पतालमा नयाँ बन्ने अत्याधुनिक सुविधा सम्पन्न पाँच तलाको भवनको शिलन्यास गरिएको छ । स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठले कोशी अस्पतालको नयाँ बन्ने भवनको बिहीबार एक समारोहको बिच शिलन्यास गरेका हुन् ।

३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसाँमा अन्टरग्राउण्डसहितको पाँच तलाको सुविधा सम्पन्न भवन बन्न लागेको हो । चार कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । अन्डरग्राउण्ड भवनको भुइतलामा पार्किङ्ग हुने स्टिमेटमा उल्लेख गरिएको सहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाइ विराटनगरका सूचना अधिकारी अशोककुमार रामले जानकारी दिए । दोस्रो तलामा एचडियूसहितको डाइलोसेसलगायतका सेवाहरू हुनेछ । यस्तै तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तलामा ५० शैय्याको हुनेछ । यसैगरि चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । पाँचौ तलामा ५० शैय्याको हुनेछ ।

पहिलो चरणमा संघिय सरकारदेखि ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँ लागत अनुमान गरिएकोमा ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसाँ रमन भूमिले ठेक्का पाएको हो । पहिलो चरणमा पाँच तलाको भवन बन्ने हो । त्यसपछि योजना अनुसार तला थप हुदै जानेछ । मास्टर प्लान्ट अनुसार ७ तलाको बनाउने भवनको लागत स्टीमेटमा पाँचौ तलामा ५२ शैय्याको जनरल वार्ड र छैठौ तलामा हेल्थ अफ डिपाटमेन्ट बनाउने उल्लेख गरिएको छ । हाल ३ सय ५० शैय्याको अस्पताल रहेको कोशीको सुविधा सम्पन्न भवन बनेपछि पाँच सय शैय्या पु¥याउने कोशी अस्पतालका मेसु चुमनलाल दासले जानकारी दिए ।
रमन भूमी बिआइपिएल निर्माण कम्पनी जेबी र सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगर बीच गत असारमा सम्झौता भएको थियो । सम्झौता भएको दुई महिनामा पछि निर्माणको काम अगाडी बढेको थियो । क्षयरोग संस्थाले समयमै साइट किलियर नहुँदा भवन निर्माण सम्झौता भएको दुई महिना ढिलो गरि काम सुरु भएको हो । निर्माण कम्पनीका कृष्ण बोहोराले आयोजना, अस्पताल र सबैको साथ सहयोग पाए तोकिएको मिति भन्दा चाँडै निर्माण गरि हस्तान्तरण गरिने बताए । ‘अस्पताल भनेको जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको ठाउँ हो । त्यहीले हामीले गुणस्तरलाई ध्यान दिएर सम्झौता भन्दा अगाडी निर्माण प्रक्रिया पूरा गरि हस्तान्तरण गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘त्यसको लागि सबैको साथ सहयोगको आवश्यक पर्दछ ।’

भवन बनाउने सम्झौता २०७८ असार २३ गते गरिएको छ भने निर्माण सकिने अवधि २०८० पुस २३ गते रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर