पूर्वाञ्चल खबर
विद्यालय परिसरमा विराटनगर सफलार्स राउण्ड टेवल–१८ को संयोजनमा मास्क, सेनिटाइजर र थर्मलगन विद्यालयका प्रधानाध्यापक खगेन्द्र खवासलाई प्रदान गरिएको हो । लकडाउन सुरु भएदेखि नै नियमित रुपमा विद्यार्थी, सुरक्षाकर्मी एवं आमसर्वसाधारणलाई राउण्ड टेवल नेपालले मास्क र सेनिटाइजरलगायत स्वास्थ्य सामग्री निःशुल्क वितरण गर्दै आइरहेको कार्यक्रम संयोजक राजीव काब्राले बताए ।
उनले विद्यार्थीहरुलाई कोरोनाबाट सुरक्षित रहन नियमित मास्क र सेनिटाइजर प्रदान गरिएको बताए । स्वास्थ्य सामग्री ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक खवासले राउण्ड टेवल नेपाललाई धन्यवाद दिए । राउण्ड टेवल नेपालले स्थापनाकालदेखि नै सामाजिक काम गर्दै आइरहेको छ ।