AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)को अध्यक्षमा पुनः घमाल चयन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० असार २०८०, बुधबार १९:१५
1.02k
Shares
अष्ट्रिया / स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ स्थापित नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)को अध्यक्षमा पर्यटन व्यवसायी एवं समाजसेवी दिलकुमार घमाल पुनः चयन भइका छन् ।

ग्रिल पार्टीसहितको भेलाले घमालको अध्यक्षतामा संघको पुनर्गठन गरेको हो । संघको उपाध्यक्षमा ख्याम विश्वकर्मा, अञ्जन अधिकारी (जर्मनी), महासचिवमा राजु विश्वकर्मा, सचिवमा सुनिल विश्वकर्मा, अमृत तिवारी, जेनेरल ट्रेजोर गर तेम्बा शेर्पा, जोइन्ट ट्रेजोर प्रेम रसाइली, युवा संयोजक पासाङ निमा शेर्पा रहेका छन् । त्यसैगरी सोमत घमाल, सुजन देवकोटा (चेक रिपब्लिक), नारायण कार्की, सुनिल दियाली र रेवत विजय पाल संघको सदस्यमा चयन हुनु भएको छ । त्यस्तै संघको सल्लाहकारमा विकास कार्की, अंग कामी शेर्पा, कृष्ण विश्वकर्मा, मिङ्मा शेर्पा, डा. किशोर कमल रहेका छन् ।

‘स्वास्थ्यका लागि खेलकुद, आपसी सद्भाव र भाइचाराका लागि प्रतियोगिता’ भन्ने नाराका साथ सन् २०२० मा संघ स्थापना भएको थियो । घमालकै सक्रियतामा स्थापित संघले युरोपका विभिन्न मुलुकमा पुगेर भलिबल प्रतियोगितामा सहभागिता जनाइसकेको छ । युरोपमा नेपालको राष्ट्रिय खेल भलिबलको प्रचारप्रसार र प्रवद्र्धनमा संघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । “भेलाले मलाई अध्यक्षमा पुनः चयन गरेको छ, यसमा म धेरै नै खुसी छु,” अध्यक्ष घमालले भने, “ग्रिल पार्टी त झनै कहिल्यै बिर्सनै नसक्ने ऐतिहासिक भयो । उपस्थिति जनाउने सबैलाई हार्दिक आभार पनि व्यक्त गर्दछु ।” नवनिर्वाचित अध्यक्ष घमाल अष्ट्रियाको इन्स्ब्रुकमा विगत दुई दशकभन्दा लामो समयदेखि पर्यटन व्यवसाय गर्दै आएका छन् । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर