पूर्वाञ्चल खबर
गाँजा बरामद हुँदा गाडीमा स्पष्ट देखिएको ‘दिव्य ज्योति अस्पताल प्रा.लि.को स्टिकर प्रहरी नियन्त्रणमा पुगेपछि हटाइएको थियो। तर, स्पष्टीकरण सोधिएलगत्तै सोही गाडीमा फेरि अस्पतालको स्टिकर टाँसिएको देखिएको छ।
यसले स्टिकर कसले हटायो र फेरि कसले टाँस्यो ? भन्ने प्रश्न उठाएको छ। घटनाबारे मोरङ प्रहरीले छानबिन गरिरहेको छ भने कमजोरी वा संलग्नता पुष्टि भए कारबाही गरिने जनाएको छ।
गाडी अस्पतालको नभएको दाबी गर्दै अस्पतालका अध्यक्ष देवा यादवले समेत घटनामा आफ्नो संस्थाको नाम गलत रूपमा प्रयोग भएको बताएका छन्।