AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पर्यटन क्षेत्रलाई पहिलेकै गतिमा चलायमान गराउन ‘जाउँ है पोखरा–२०७७’ अभियान सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ मंसिर २०७७, शुक्रबार १५:२०
468
Shares
विराटनगर / कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीहरुले पोखरा भ्रमणका लागि पूर्वेलीहरुलाई निम्ता गरेका छन् ।

विराटनगरमा ‘जाँउ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गर्दै पोखरा भ्रमणका लागि पूर्वेलीहरुलाई निम्ता गरेका हुन् । पश्चिमाञ्चाल होटल संघ पोखराले विराटनगरमा आज आयोजित अन्तरिक पर्यटन पुनरुत्थान तथा प्रवद्र्धन अभियान अन्तर्गत आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले मुलुकको ग्राहस्थ उत्पादनमा वृद्धि गर्न, सरकारको राजश्व वृद्धि, विदेशी मुद्रा आर्जन र राजगारी उपलव्ध गराउन यस क्षेत्रमा पूर्वाधार विकासका साथै दैनिक हवाई तथा सहज यातायातको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

पर्यटन क्षेत्रलाई पहिलेकै गतिमा चलायमान गराउन ‘जाउँ है पोखरा–२०७७’ अभियान सुरु गरेको पर्यटन व्यवसायीहरुले बताउँदै विराटनगरका भारतीय सीमा क्षेत्रमा रहेका शहरमा भारतीय नागरिकलाई आवागन वृद्धि गराउन पोखराका हिम श्रृंङ्खला, धार्मिक, नाल पदयाताको आकर्षण प्रचार प्रचार गर्नुका स्वास्थ्य सुरक्षा पालना गरी अविलम्व सीमा खोल्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले विराटनगर तथा पोखरा पर्यटकीय वस र दैनिक हवाई सेवा सञ्चालनका निजी तथा सरकारलाई दवाव दिनु पर्ने आवश्यक्ता औल्याएका छन् ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पोखरामा पर्यटक भित्र्याउन अहिले होटल र प्याराग्लाइडिङ, बन्जी जम्पीङमा ५० र खानामा २० प्रतिशत छुट दिएका जानकारी दिदै यस क्षेत्रका नागरिकले पोखराको भ्रमण गराई पर्यटन क्षेत्रलाई चलायमान गराउन सवैसंग सहयागको आग्रह गरे ।

होटल व्यवसायी संघ प्रदेश १ का अध्यक्ष राजन श्रेष्ठले आन्तरिक पर्यटकलाई प्रोत्साहन गरी पर्यटन क्षेत्र आगमनमा जोड दिनु आज जरुरी रहेको छ भन्दै पोखराका पर्यटन व्यवसायीले प्रदेश १ को धार्मिक, प्राकृतिक पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा जोड दिन अनुरोध समेत गरे ।

आन्तरिक पर्यटक उत्पादन समितिका प्रदेश संयोजक भविष श्रेष्ठ, पोखराका पर्यटन व्यवसायी हरि शर्मा गैरे, विराटनरका होटल व्यवसायी पुण्य भट्टराई र नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले प्रदेश १ को भारतीय सीमा क्षेत्र पश्चिम वंगाल र विहारका जनतासमक्ष पोखराको पर्यटन क्षेत्रसंग जोड्न आग्रह गरे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर