पूर्वाञ्चल खबर
पक्राउ पर्नेमा मोरङ पथरी–३ घर भई हाल धरान १५ सुनगाभा मार्गमा बस्ने ३८ बर्षीय सन्तोष भन्ने वीरवहादुर परियार, पथरी शनिश्चरे–५ पिपलडाँडा घर भई हाल धरान १० पुतली लाईन बस्ने ३५ बर्षीय सोनी राई र धरान १३ अमरहाट बस्ने २९ बर्षीया लक्ष्मी लिम्बु रहेका छन् । उनीहरुले बैशाख ११ गते सोही स्थानका झरना विश्वकर्मा र उनका छोरा जोहन विश्वकर्मा पुजा गर्न घर बाहिर गएको अवस्थामा अपरिचित मानिस प्रवेश गरी झरना कि आमा गोविन्द माया विश्वकर्मालाई टाउको लगायत शरिरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाई नगद २ लाख र घरमा रहेका सुनका गरगहना गरी जम्मा ११ लाख ४० हजार ९५० बराबरको धनमाल डाका गरी लगेका थिए । सो घटनामा घाईते भएकी गोविन्द मायाको न्यूरो अस्पताल विराटनगरमा पठाईएकोमा उपचारको क्रममा बैशाख १९ गते मृत्यु भएको थियो ।
उक्त घटनामा सम्लग्न प्रतिबादीहरुको खोजतालसका लागी पिडित परिवारको जाहेरी तथा स्थानीय मानिसको सुचनाको आधारमा सुक्ष्म रुपले अनुसन्धान प्रकृया अगाडी बढाईएको थियो । उक्त घटनाको गहन अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुनसरी तथा ईलाका प्रहरी कार्यालय धरानले उल्लेख गरिएका समान सहित घटनामा संलग्न उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाईएको छ ।
पक्राउ परेका उनीहरुले लुटेर लगेको गहनाहरु सोनी राईले बहिनी नाता पर्ने लक्ष्मी लिम्बुलाई लुकाई छिपाई राख्न दिएको भनि खुल्न आए पश्चात लक्ष्मीको कोठा खानतलाशी गर्दा लुकाई छिपाई राखेको अवस्थामा सुनका गहनाहरु समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका उपर कर्तव्य ज्यान र डाका मुद्धामा कारवाही प्रकृया अगाडी बढाई थप अनुसन्धान समेत भईरहेको प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।