पूर्वाञ्चल खबर
भारतीय सञ्चारमाध्यमहरूका अनुसार जुन ३० मुम्बईको हिन्दुजा अस्पतालमा भर्नामा भएका दिलिपको आज उपचारका क्रममा ९८ बर्षको उमेरमा निधन भएको जनाएका छन् ।
लामो समयदेखि बिरामी रहेका दिलिप घरमै उपचार गराउँदै आइरहेका थिए । उनको स्वास्थ्य अवस्था अचानक बिग्रन थालेपछि मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको थियो । उनलाई फोक्सोमा संक्रमण देखिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धेरै पटक अस्पतालमा भर्ना गरिएको थियो । उनले ८ पटक ‘बेस्ट एक्टर’ का रूपमा फिल्म फेयर अवार्ड पाएका थिए ।
यस्तै हिन्दी सिनेमामा सबैभन्दा ठूलो सम्मान मानिने ‘दादा साहेब फाल्के अवार्ड’ बाट पनि उनलाई सम्मानित गरिएको थियो । सन २०१५ मा भारत सरकारले उनलाई पद्म भूषणबाट सम्मान गरेको थियो ।
बलिउडमा ‘ट्रयाजेडी किङ’ उपनाम पाएका दीलिपकुमारले फिल्म क्षेत्रमा ६ दशक बिताएका थिए । यो अवधिमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनको वास्तविक नाम युसुफ खान हो ।
देवदास (१९५५), नयाँ दौर (१९५७), मुघल–ए– आजाम (१९६०), गंगाजमुना (१९६१), क्रान्ति (१९८१), कर्मा (१९८६) लगायत फिल्ममा उनको अभिनय निकै सशक्त छ ।