खबर पूर्वाञ्चल
विराटनगरमा जारी रमपम विराट ट्रेड एक्स्पोमाआज एक कार्यक्रम आयोजना गरि टु पिएम हट एण्ड स्पाइसी लन्च गरेको हो ।
लन्च गरेको अवसरमा एक्पो अवधिभर टिकटक प्रतियोगिता पनि आयोजना गरेको सेल्स मेनेजर पदम निरौलाले बताए । टिकटक प्रतियोगिमा प्रथम हुनेलाई १५ हजार १ सय, दोस्रो हुनेलाई १० हजार १ सय र तेस्रो हुनेलाई ५ हजार १ सय नगद सहित पुरकृत गरिने मनेजर निरौलाले बताए । ५० रुपैयाँमा बजारमा पाउँने १ सय ग्रामको अरु चाउचाउ भन्दा ५० रुपैयाँमा नै १ सय २० ग्राम पाउँने मेनेजर निरौलाले बताए ।
एसियन थाईफुट्सले उत्पादन गरेको १ सय २० ग्रामको यो चाउचाउ नेपालमै सवै भन्दा बढी तौल भएको मेनेजर निरौलाले दावी गरे । टु पिएम हट एण्ड स्पाइसीमा पूर्वमा पाउँने अकबरे खुसार्नी, विभिन्न किसिमका जडिबुट्टिलगायत मसलाहरु प्रयोग गरेर बनाएको कारण स्वास्थ्यमा कुनै किसिमको असर नगर्ने कम्पनीको भनाई छ ।
मेला अवधिभर टु पिएम हट एण्ड स्पाइसी चाउचाउ आउने ग्राहकलाई पकाएर खुवाउँने व्यवस्था समेत रहेको छ ।