काठमाण्डौ / जीवन विज्ञानको आयोजनामा योग र ध्यानलाई संसारभर पु¥याउने अभियन्ता बन्ने ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सोमबारदेखि सुरु भएको छ ।
आफुभित्र स्वास्थ्य, सुख, साहस, प्रेम, विचार, ज्ञान र स्वबोधको अनुभव गर्दै मानिसलाई सुख, शान्ति र समृद्धिको मार्ग देखाउने सात दिवसीय प्रशिक्षक प्रशिक्षणमा जीवन विकास विशेषज्ञ रमेश नेपाल र एल पि भानु शर्माले योग र ध्यान गराउँने विभिन्न विधिहरूका विषयमा प्रशिक्षित गर्नेछन् ।
अध्यात्म र मनोविज्ञानका वैज्ञानिक र प्रयोगात्मक सूत्रहरूको प्रयोगका साथै योग र ध्यानले मानिसमा ल्याउने परिवर्तनका बारेमा प्रशिक्षित गरी योग ध्यानको प्रशिक्षक बनाउने कार्यक्रममा दुई सय ५० जना भन्दाबढी सहभागी छन् ।
प्रशिक्षक प्रशिक्षणमा सहभागी हुन जीवन विज्ञानले आयोजना गरेको सात दिवसीय ‘बोध विज्ञान’ र सात दिवसीय ‘लय विज्ञान’ जस्ता ध्यान साधनाका कार्यक्रम पूरा गरेको हुनुपर्दछ । सात दिनको प्रशिक्षक प्रशिक्षण सकेर एकसय एक दिन जुमका यन्त्र मार्फत अनलाइनमा अभ्यास गरेपछि मात्र नव प्रशिक्षकहरूले प्रयोगशालामा योग र ध्यान सिकाउँन पाउने छन् ।
देशभर ३ सयबढी प्रयोगशाला र अनलाइनबाट ६५ भन्दाबढी देशमा जीवन विज्ञानले निःशुल्क योग र ध्यानका कक्षाहरू सञ्चालन गर्दै आएको छ । अहिलेसम्म एक हजार ७ सयजना जीवन विज्ञानका प्रशिक्षक भइसकेका छन् ।
तपाईको प्रतिक्रिया