animated ellipse animated ellipse

स्वतन्त्र भन्सार प्रतिनिधि संगठनको अध्यक्षमा उपाध्याय निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ माघ २०७९, बुधबार १९:११
333
Shares
विराटनगर / विराटनगर एकीकृत भन्सार जाँच चौकीमा कार्यरत भन्सार प्रतिनिधिहरूको संगठन स्वतन्त्र भन्सार प्रतिनिधि संगठनको अध्यक्षमा नवलप्रसाद उपाध्याय सर्वसम्मत निर्वाचित भएका छन्।

मंगलबारराती सम्पन्न साधारण सभाले उपाध्यायको अध्यक्षतामा १५ सदस्यीय समिती गठन भएको हो । समितिको उपाध्यक्षद्वयमा शरण खरेल र राकेशकुमार ठाकुर, सचिवमा सन्जय दुगड, सह-सचिवद्वयमा अरविन्द ठाकुर र तारा शाही निर्वाचित भएका छन् ।

संगठनको कोषाध्यक्षमा सुनिल पोद्दार निर्वाचित भए भने सदस्यमा क्रमशः ललित बोहोरा, रामभरोसीप्रसाद गुप्ता, उदय भट्टराई, निरन्जन अग्रवाल, वसन्त जैन, संजीव भगत र किरण शंकर साह निर्विरोध निर्वाचित भए।

प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । तीन दशकदेखि प्रतिनिधीको काम गर्दै आएपनि केही निश्चित ब्यक्तिहरूको प्रभावका कारण नियमित लाईसेन्सको परीक्षा नलिएको भन्दै आफूहरू संगठित हुनुपरेको नव निर्वाचित सचिव संजय दुगडले बताए।

६ महिना अघि तदर्थ समिती गठन गरेको संगठनले भन्सार प्रतिनिधिहरूको हकहितमा काम गर्ने नव निर्वाचित अध्यक्ष उपाध्यायले बताए । कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ । साधारणसभामा जेष्ठ प्रतिनिधि दामोदर खेतानलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर