खबर पूर्वाञ्चल
नेकोस राष्ट्रिय एथलेटिक्स संघको आयोजनामा विराटनगरमा भोली विहान मदन भण्डारी सडक दौड प्रतियोगिता हुने भएको हो ।
मदन भण्डारीको ७३ औं जन्म जयन्तीको अवसरमा प्रतियोगिता गर्न लागेको आज पत्रकार सम्मेलन गरि नेकोस राष्ट्रिय एथलेटिक्स संघले जानकारी गराएको छ ।
खुल्ला महिला तथा पुरूष ५ किलोमिटर र विद्यालय स्तरीय १५ वर्ष मुनिका छात्र तथा छात्रतर्फको ३ किलोमिटर खुल्ला दौड प्रतियोगिता हुने संघका अध्यक्ष अनिरूद्र चौधरीले जानकारी दिए । पाँच किलोमिटर खुल्ला दौड प्रतियोगिताको बिजेताले नगद १५ हजार १ सय ११, द्धितीय १० हजार १ सय ११, तृतीय ७ हजार १ सय ११, चौथो ५ हजार ११ र पाँचौलाई ३ हजार १ सय ११ रुपैयाँ पुरस्कार रहेको छ ।
तीन सय मिट दौडतर्फको बिजेताले ८ हजार १ सय ११, द्धितीयले ६ हजार १ सय ११, तृतीय ४ हजार १ सय ११, चौथाले २ हजार १ सय ११ र पाँचौले १ हजार १ सय ११ रुपैयाँ पुरस्कार रहेको छ ।
खुलकुद क्षेत्रको विकास गर्नुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा रोहित कोइरालाले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न साढे चार लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।