AArya
RUMPUM
animated ellipse animated ellipse

सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण खम्बा हो : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० चैत्र २०८१, बुधबार १९:५६
72
Shares
Oplus_131072
विराटनगर । नेपालको सहकारी आन्दोलनको ऐतिहासिक महत्व र उपलब्धिहरूको स्मरण गर्दै ६८औं राष्ट्रिय सहकारी दिवस सम्पन्न भएको छ ।

‘मर्यादित सहकारी, समुन्नत समाज’ मूल नाराका साथ आज विराटनगरमा सम्पन्न भएको हो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारी आन्दोलनले देशको आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । “सहकारी क्षेत्र आज नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण खम्बा बनेको छ । यसले रोजगारी सिर्जना, गरिबी निवारण र समावेशी विकासमा महत्वपूर्ण योगदान दिइरहेको छ,’ उनले भने ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले सहकारी क्षेत्रलाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत तथा कानूनी व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले सहकारी आन्दोलनको वर्तमान अवस्था र चुनौतीहरूबारे प्रकाश पारे । ‘६८ वर्षको यात्रामा नेपालको सहकारी आन्दोलनले धेरै उतारचढाव पार गरेको छ। आज सहकारी क्षेत्रमा ३५ हजारभन्दा बढी संस्थाहरू क्रियाशील छन् र करिब ७० लाख नागरिकहरू प्रत्यक्ष रूपमा आबद्ध छन्, उनले भने । उनले सहकारी सिद्धान्त र मूल्यमान्यताको अनुशरण गर्दै सहकारी संस्थाहरूलाई पारदर्शी र जवाफदेही बनाउन जोड दिए ।

कार्यक्रममा सहकारी क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका दुई अभियन्ताहरू माधव अत्री र विष्णु ओझालाई विशेष सम्मान प्रदान गरियो ।

समारोहमा सहकारी विज्ञ प्राडा खगेन्द्र ओझाले सहकारीको आर्थिक विकासमा भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सहकारी क्षेत्रलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन सुझावहरू प्रस्तुत गरे ।

कार्यक्रममा प्रदेश सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सहकारी आन्दोलनले सामना गरिरहेका चुनौतीहरूबारे चर्चा गरे। उनले सहकारीको मूल्य र मान्यतालाई आत्मसात गर्दै सहकारीलाई आर्थिक र सामाजिक रूपान्तरणको माध्यम बनाउनुपर्नेमा जोड दिए ।

समारोहमा स्थानीय विद्यालयका विद्यार्थीहरूले सहकारी सम्बन्धी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । समारोहका अवसरमा सहकारी उत्पादनहरूको प्रदर्शनी पनि आयोजना गरिएको थियो जसमा विभिन्न सहकारी संस्थाहरूद्वारा उत्पादित वस्तुहरू प्रदर्शनीमा राखिएका थिए ।

मूल समारोह समितिका संयोजक डा। डिल्ली पोखरेलले कार्यक्रमको समापन टिप्पणी गर्दै आगामी दिनमा सहकारी क्षेत्रलाई थप सुदृढ र सक्षम बनाउन सबै सरोकारवालाहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सहकारी क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीतिक योजना तयार गरिएको र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिने बताए। प्रेरणा मिल्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर