animated ellipse animated ellipse

१४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भएको आम्दानी खर्च सार्वजनिक गर्न माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ बैशाख २०८१, बिहीबार १९:१४
252
Shares
विराटनगर / १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भएको आम्दानी खर्च सार्वजनिक गर्न माग गरिएको छ ।

सम्पूर्ण खेलसँग सम्वन्ति प्रशिक्षक तथा खेलाडीहरुले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंसराज वाग्लेले तत्काल आम्दानी खर्चको विवरण सार्वजनिक गर्नु पर्ने माग गरिएको छ ।

सदस्य सचिव वाग्लेले खेलाडी, निर्णायक, व्यवस्थापकहरुले पाउने दैनिक भत्तामा समेत आफुखशी गरेको आरोप लगाईएको छ । प्रतियोगितामा खेलाडी व्यवस्थापन राम्रो नभएको उनीहरुको भनाई छ । सदस्य सचिव वाग्लेले प्रशिक्षक नियुक्तीमा खेलकुदका संघहरुको समन्वय गरेको र प्रतियोगिताको कार्यविधि विपरित खेल संयोजकहरु तोकिएको बताईएको छ ।

यस्तै पत्रकार सम्मेलनमा राखेपका प्रशिक्षक बिनोद मारिकलाई अपशब्द प्रयोग गरिएको भन्दै आपत्ती जनाईएको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हालैसम्पन्न उसु खेलका बारेमा जिज्ञाशा राख्दा सदस्य सचिव वाग्लेले अपशब्द प्रयोग गरेको पीडित मारिकको भनाई छ ।

मारिकले जिल्ला प्रशासन कार्यालयमा गत शुक्रबार गाली बेइज्जतीको मुद्धा दर्ता गराएको पत्रकार सम्मेलनमा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर