AArya
RUMPUM
animated ellipse animated ellipse

स्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँसहित एक जना भारतीय नागरिक विराटनगरबाट पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ बैशाख २०८२, शुक्रबार १७:१२
495
Shares
विराटनगर/ स्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँसहित एक जना भारतीय नागरिकलाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ ।

आज दिउँसो करिव २ बजेतिर भारतको जोगवनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तवलाई विराटनगर महानगरपालिका–१५ हनुमान मन्दिरनजिकबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले को १८ प ४१७९ नम्बरको मोटरसाइकलमा सवार रहेका श्रीवास्तवलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा साथबाट स्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँ बरामद भएको डीएसपी जोशीले बताए । उनका अनुसार श्रीवास्तवको साथबाट नेपाली ५ सय रूपैयाँ दरको ४ सय र १ हजार रूपैयाँ दरको ५ सय थान नोट बरामद भएको छ ।

अवैध रकम बरामद भएपछि श्रीवास्तवलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । श्रीवास्तवलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीको तयारी छ ।

श्रीवास्तवलाई उक्त नोट कहाँबाट ल्याएका हुन् भन्ने यकिन भइसकेको छैन । प्रहरी निरिक्षक प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । बरामद भएको रकम अवैध हुण्डी कारोबारको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर