खबर पूर्वाञ्चल
आज विराटनगर भेटिएका तीनै जना संक्रमित एके परिवारका रहेका छन् । उनीहरुका परिवारमा असार २३ गते ४ जनामा संक्रमित देखिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । आज भेटिएका सवै जना होम क्वारेन्टिनमा रहेको कार्कीले बताए ।
त्यस्तै ओखलढुङ्गामा १५, इलाममा ६, झापा र सुनसरीमा ४–४, र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ओखलढुङ्गाको मानेभन्ज्याङ १५ जना पुरुष, इलामको इलाम नगरपालिकामा ६ पुरुष, सुनसरीको इटहरी र कोशी गाउँपालिकामा २–२ पुरुष, झापाको भद्रपुरमा २ महिला, मेचीनगरमा १ महिला, कनकाईमा १ पुरुष र उदयपुरको त्रियुगामा १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ७४ पुगेको छ ।
प्रदेश १ बाट आजै १४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ४ महिला र १० पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ६ सय ५६ पुगेको छ ।