AArya
RUMPUM
animated ellipse animated ellipse

शिक्षादिप कलेजले गर्यो कक्षा १२ का विद्यार्थीलाई विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ जेष्ठ २०७९, बिहीबार १६:२६
7.67k
Shares
विराटनगर / कक्षा १२ का विज्ञान संकायमा परिक्षा दिएका विद्यार्थीहरुलाई विराटनगरमा रहेको शिक्षादीप कलेजले विहिबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कलेजमा अध्यनरत विज्ञान संकायका १३ औं ब्याचको ८ सय ५० जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो ।
कार्यक्रममा कलेजको लिएको आन्तरीक परीक्षा तथा हिसानले लिएको परीक्षा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका निवर्तमान प्रमुख तथा कलेज व्यवस्थान समितीका अध्यक्ष भीम पराजुली, कलेजका प्राचार्य ज्ञानबहादुर खडका, व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराई, विज्ञान संकायका को–अर्डिनेटर बसन्त बस्नेत तथा कलेजका सञ्चालकहरु रमेश मण्डल र राजेन्द्रप्रसाद यालवलगायतले विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेको थिए ।

कक्षा–१२का विदाई हुने विद्यार्थी स्मृती खनाल। मनिष राजवंशी, महमद मुम्ताज, अमन तिम्सीना र प्रितीकालगायतले कलेजमा वितेका दुई वर्षको अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर